|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Terms & Conditions
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9860203881,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. तीन दशकको अनुभव र मर्जरपछिको सबल यात्रामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स
    Published May 3, 2026
    By Share Gyan

    तीन दशकको अनुभव र मर्जरपछिको सबल यात्रामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    /assets/img/share-gyan-logo.pngतीन दशकको अनुभव र मर्जरपछिको सबल यात्रामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    वि.सं. २०५३ मा ५ करोड १० लाख रुपैयाँ बिउ पूँजीबाट श्रीलंकाको सेलिन्को इन्स्योरेन्ससँगको साझेदारीमा स्थापना भएको निर्जीवन बीमा कम्पनी हो सगरमाथा इन्स्योरेन्स कम्पनी। नेपाल बीमा प्राधिकरणले मर्जरबाट कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने नीति लिएपछि यो कम्पनी २०६१ सालमा स्थापना भएको लुम्बिनी जनरल इन्स्योरेन्ससँग मर्जरमा गयो।

    सगरमाथा र लुम्बिनी १००:८० को अनुपातमा मर्जर भएपछि २०७९ फागुन २९ गतेबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्स (@SALICO@) को नामबाट एकीकृत कारोबार सुरु भएको हो। लुम्बिनीसँग मर्जरअघि नै सगरमाथाले हरेक वर्ष १२.४ देखि १०० प्रतिशतसम्म बोनस शेयर दिएर चुक्ता पूँजी १ अर्ब ३३ करोड रुपैयाँ पुर्‍याएको थियो। मर्जरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुगेको छ। मर्जरपश्चात् कम्पनीले अहिलेसम्म ५ र १५ गरी दुई आर्थिक वर्षमा कुल २० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। यद्यपि, मर्जरपछि कम्पनीले बोनस लाभांशमा भने हाललाई 'ब्रेक' लगाएको छ। सञ्चालक समिति र व्यवस्थापन कम्पनीको सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मूल रहेका छन् भने सञ्चालक सदस्यहरूमा अजित रोहन गुणवर्धने (सेलिन्को इन्स्योरेन्स), लोकमन्य गोल्छा, सिद्धार्थ मणि राजभण्डारी, अरुण राज श्रेष्ठ र विजन भट्टराई रहेका छन्। कम्पनीमा श्रीलंकाको वैदेशिक साझेदार सेलिन्को इन्स्योरेन्सको वैकल्पिक सञ्चालकको रूपमा पद्म ज्योतिले प्रतिनिधित्व गर्दै आएका छन्। त्यस्तै, निर्मला देवी मानन्धर स्वतन्त्र सञ्चालकको रूपमा छिन्। व्यवस्थापन तर्फ बीमा क्षेत्रको झन्डै ३ दशकको अनुभव भएका चंकी क्षेत्रीले प्रमुख कार्यकारी अधिकृत (CEO) को जिम्मेवारी सम्हालिरहेका छन्। उनी नेपाल बीमक संघका पूर्वअध्यक्ष समेत हुन्। उनलाई नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव बरिसमा साउद आचार्य, नायब महाप्रबन्धकहरू कबिराज पौडेल र सुबास दिक्षितलगायतको व्यवस्थापकीय टोलीले सघाइरहेको छ। साविकका दुई ठूला निर्जीवन बीमा कम्पनीहरू मर्जर भएपछि बनेको यस संस्थाले हाल यिनै नेतृत्वको मातहतमा आफ्नो व्यावसायिक यात्रालाई अगाडि बढाइरहेको छ। शेयर संरचना मर्जरपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर संरचना थप सन्तुलित र मजबुत बनेको छ। कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत शेयर हिस्सा कायम भएको छ। संस्थापक समूहतर्फ नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरूको बलियो उपस्थिति छ। यसमा विशेषगरी गोल्छा अर्गनाइजेसनका लोकमन्य गोल्छा, ज्योति समूहका पद्म ज्योति र राजभण्डारी समूहका सिद्धार्थ मणि राजभण्डारी जस्ता कहलिएका व्यक्तित्वहरूको लगानी छ। वैदेशिक साझेदारको रूपमा श्रीलंकाको प्रख्यात सेलिन्को इन्स्योरेन्सको रणनीतिक उपस्थितिले कम्पनीलाई प्राविधिक क्षेत्रमा समेत विशेष सहयोग पुगेको छ। कुल पूँजीको ४९ प्रतिशत हिस्सा सर्वसाधारण शेयरधनीहरूको छ, जसमा कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयर समेत समावेश छ। बीमा कोष र लगानी कम्पनीले संकलन गरेको प्रिमियम र विभिन्न कोषहरूलाई जोखिम कम हुने र प्रतिफल बढी आउने क्षेत्रमा लगानी गर्ने नीति लिएको छ। कम्पनीले नेपाल बीमा प्राधिकरणको ‘बीमकको लगानी निर्देशिका’ भित्र रहेर वाणिज्य बैंकहरूको मुद्दती निक्षेप, सरकारी ऋणपत्र, र नेप्सेमा सूचीकृत कम्पनीहरूको साधारण शेयर तथा डिबेन्चरमा लगानी गरेको छ। निर्देशिकाको सीमाभित्र रहेर घरजग्गा र सामूहिक लगानी कोषहरूमा पनि लगानी विस्तार गरिएको छ। कम्पनीको नेटवर्क र पहुँच मर्जरपश्चात् कम्पनीले १५४ वटा शाखा मार्फत सातै प्रदेशमा आफ्नो बलियो उपस्थिति जनाएको छ। ६०० भन्दा बढी अनुभवी कर्मचारी र देशभर हजारौँको संख्यामा रहेका तालिम प्राप्त बीमा अभिकर्ताहरू ग्राहकको सेवामा खटिएका छन्। विभिन्न बैंकहरूसँगको ‘बैंकान्सुरेन्स’ सहकार्य र खल्ती, ई-सेवा तथा कनेक्ट आईपीएस जस्ता डिजिटल वालेटहरूसँगको समन्वयले भुक्तानी प्रक्रियालाई सरल बनाएको छ। साथै, श्रीलंकाको सेलिन्को इन्स्योरेन्ससँगको प्राविधिक साझेदारीले अन्तर्राष्ट्रिय स्तरको बीमा अभ्यासलाई नेपाली बजारमा भित्र्याउन कम्पनी सफल भएको छ। दाबी व्यवस्थापन कम्पनीले ‘छिटो र छरितो दाबी भुक्तानी’ लाई व्यवसायको मुख्य मन्त्र बनाएको छ। २०७२ को भूकम्पजस्तो ठूला विपत्तीको समयमा पनि कम्पनीले ३ हजार भन्दा बढी दाबी भुक्तानी गरेर आफ्नो विश्वसनीयता पुष्टि गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए। सेवा प्रवाहमा "अस्वस्थ प्रतिस्पर्धाभन्दा गुणस्तर र व्यावसायिकतामा कम्पनीले बढी जोड दिएको" उनले स्पष्ट पारे। कम्पनीले डिजिटल माध्यमबाट दाबीको जानकारी लिने, दक्ष सर्भेयर खटाउने र सवारी बीमामा 'नगदरहित सेवा' जस्ता आधुनिक सुविधाहरू उपलब्ध गराएको छ। इन्स्योरेन्सको भावी योजना र रणनीति SALICO ले आफूलाई नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को उच्च प्रिमियम संकलनको लयलाई कायम राख्दै ग्रामीण क्षेत्रसम्म आक्रामक बजार विस्तार गर्ने रणनीति लिएको छ। ‘पेपरलेस’ सेवा र मोबाइल एपमार्फत दाबी ट्र्याकिङ गर्ने प्रविधिलाई कम्पनीले प्राथमिकतामा राखेको छ। सञ्चालन खर्चमा कटौती गर्दै नाफा वृद्धि गर्ने र शेयरधनीहरूलाई आकर्षक प्रतिफल वितरण गर्ने यसको दीर्घकालीन योजना छ। कम्पनीका प्रमुख बीमा योजनाहरू सवारी साधन बीमा: निजी तथा व्यावसायिक सवारीको सुरक्षा। सम्पत्ति तथा अग्नि बीमा: आगलागी, भूकम्प वा प्राकृतिक प्रकोपबाट हुने क्षतिको रक्षावरण। इन्जिनियरिङ बीमा: जलविद्युत आयोजना र मेसिनरी ब्रेकडाउनको जोखिम कभर। समुद्री तथा ढुवानी बीमा: सामान ढुवानी गर्दा हुने नोक्सानीको सुरक्षा। कृषि तथा पशुपन्छी बीमा: बालीनाली र पशुपालनमा हुने क्षति विरुद्धको सुरक्षा। स्वास्थ्य र दुर्घटना बीमा: उपचार खर्च र शारीरिक क्षतिको रक्षावरण। विशेषता: कम्पनीले ‘सगरमाथा भिआइपी अन द ह्विल्स’ जस्ता छिटो-छरितो सेवा प्रदान गर्दै आएको छ। कस्तो छ कम्पनीको वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुख्य सूचकहरू निम्न छन्: खुद नाफा: रु. ३ करोड ७३ लाख ४४ हजार ९८५ (गत वर्षको तुलनामा केही गिरावट)। खुद बीमा शुल्क: रु. १ अर्ब १६ करोड ४५ लाख ५२ हजार ६३४। कुल सम्पत्ति: रु. १५ अर्ब ५१ करोड ९९ लाख ६३ हजार ५६२। चुक्ता पुँजी: रु. २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २००। प्रति शेयर नेटवर्थ: २२७.४३ रुपैयाँ। सोल्भेन्सी रेसियो: ३.३१ (जोखिम वहन क्षमता अत्यन्त बलियो)। यद्यपि दाबी भुक्तानीको चाप र खर्च व्यवस्थापनले खुद नाफामा केही संकुचन देखिए तापनि कम्पनीको जगेडा कोष र सोल्भेन्सी रेसियोले वित्तीय जग बलियो रहेको पुष्टि गर्दछ। नाेट: Company Insights मा Listed Company काे बारेमा जानकारी दिन चाहनुहुन्छ भने मेराेलगानीमा सम्पर्क गर्न सक्नु हुनेछ ।

    Most Recent

    Oct 9, 2026
    Electricity Supply in Kathmandu Valley May Be Affected on October 10–11

    Share Gyan

    Electricity Supply in Kathmandu Valley May Be Affected on October 10–11
    Oct 9, 2026
    National Cooperative Bank Raises Concerns Over Cooperative Act Amendments, Calls for Stronger Risk Management

    Share Gyan

    National Cooperative Bank Raises Concerns Over Cooperative Act Amendments, Calls for Stronger Risk Management
    Oct 9, 2026
    Floods and Landslides Disrupt Major Highways; Two Road Sections Completely Closed

    Share Gyan

    Floods and Landslides Disrupt Major Highways; Two Road Sections Completely Closed
    Oct 9, 2026
    Government Orders Strict Action Against Black Marketing and Overcharging Ahead of Dashain

    Share Gyan

    Government Orders Strict Action Against Black Marketing and Overcharging Ahead of Dashain
    Oct 9, 2026
    Government Recommends Three Ordinances, Orders Action Against 1,167 Employees for Rule Violations

    Share Gyan

    Government Recommends Three Ordinances, Orders Action Against 1,167 Employees for Rule Violations
    Oct 9, 2026
    NEA Announces Additional 0.50% Reward for Online Electricity Bill Payments

    Share Gyan

    NEA Announces Additional 0.50% Reward for Online Electricity Bill Payments