कपन क्षेत्रको अतिक्रमित बस्तीमा सरकारले चलायो डोजर
/assets/img/share-gyan-logo.png

सरकारले दोस्रो चरणअन्तर्गत सुकुम्बासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ। यो क्रम आइतबार पनि निरन्तर जारी रहेको छ।
आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाइएको छ। यसअघि शनिबार बालाजु र स्वयम्भू क्षेत्रका बस्तीमा पनि डोजर चलाइएको थियो। यसअघि पहिलो चरणमा सरकारले थापाथली, गैरीगाउँलगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएको थियो।