|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Terms & Conditions
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9860203881,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ
    Published June 1, 2026
    Updated June 1, 2026By Share Gyan

    सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

    https://api.peridot.com.np/news_thumbnails/thumbnail-1780310823987.webpसानिगाड हाइड्रोको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

    सानिगाड हाइड्रो लिमिटेडले यही जेठ १४ गते, बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँबराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो। आईपीओमा कसरी आवेदन दिने? कम्पनीले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि जेठ २८ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ। कति कित्ता आवेदन दिने? कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४ लाख ६७ हजार ४०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ। मध्यम जोखिम जनाउने रेटिङ्ग साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। इक्रा नेपालले कम्पनीलाई २०८२ पुस ३० गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ पुस २४ गतेसम्म बहाल रहने छ। कस्तो कम्पनी हो? नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०६४ पुस ५ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा सानिगाड हाइड्रो प्राइभेट लिमिटेडको रुपमा दर्ता भई २०७८ असार ३० गते प्राइभेटबाट पब्लिक लिमिटेडमा परिणत भई सानिगाड हाइड्रो लिमिटडले २०७८ फागुन २२ गतेदेखि कम्पनी रजिष्टारको कार्यालयबाट कारोबार स्विकृती प्राप्त गरी कम्पनीले कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो। कम्पनीकोे रजिष्टर्ड (केन्द्रीय) कार्यालय, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.०३, धोविघाटमा रहेको छ भने कम्पनीले प्रवर्धन गरेको माथिल्लो कालंगागाड जलविद्युत आयोजना (३८.४६ मे. वा.) को उत्पादन केन्द्र (पावर हाउस) बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं.४ मा रहेको छ। कम्पनीले बझाङ जिल्लाको, बुंगल नगरपालिका (साविकको खिरातडी र दहबर गा.वि.स) बीच भएर बहने कालंगागाड खोला तथा दारिमगाड खोलाको पानी प्रयोग गरी ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत अयोजनाबाट विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गरेको हो। कम्पनीले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद विक्री गर्न २०७२ असार १५ गते सम्झौता गरेको थियो। आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गर्दा ‘टेक अर पे’ प्रावधानमा आधारित भई गरेको हो। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ३ महिना बाँकी रहेको छ। कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ। आईपीओ जारी गर्नुको उद्देश्य कम्पनीको प्रबन्धपत्रमा रहेको व्यवस्था अनुसार जारी पूँजीको ३० प्रतिशत शेयर आयोजना सर्वसाधारणमा निष्काशन गरी लगानीको अवसर दिई उनीहरुलाई समेत कम्पनीमा आवद्ध गराई कम्पनीको प्रबन्धपत्रमा भएको उद्देश्य प्राप्तिका लागि तथा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्नु आईपीओ जारी गर्नुको मुख्य उद्देश्य रहेको छ। वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजीको प्रवन्ध गर्न र निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो। आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ? निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई आयोजना निर्माणका लागि बैंकबाट लिइएको कर्जा रकमको भुक्तानीमा प्रयोग गरिनेछ। जसमध्ये १८ करोड ५ लाख रुपैयाँ बैंकबाट लिइएको ऋण भुक्तानी गरिनेछ भने ६७ करोड ४५ लाख रुपैयाँ आवधिक ऋण भुक्तानी गरिनेछ। वित्तीय अवस्था चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा २६ करोड ३७ लाख ५८ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ९ करोड १२ लाख ४६ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ८० पैसा थियो। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४० करोड ४४ लाख ७८ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ १९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ। सञ्चालक समितिको संरचना कम्पनीको नियमावलीको नियम २७ वमोजिम कम्पनीमा सातजनाको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक समूहबाट मनोनित वा निर्वाचित चारजना तथा सर्वसाधारण समूहबाट निर्वाचित दुईजना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन्। हाल कम्पनीमा चारजना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उमेश श्रेष्ठ रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, नबिन बोहरा र सुदिप घिमिरे रहेका छन्। भावी योजना तथा रणनीति कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने तथा सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने र प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने योजना बनाएको छ। सार्वजनिक शेयर निष्काशनबाट प्राप्त हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको रकम भूक्तानी गर्नमा प्रयोग गर्ने र बाँकी ऋण प्रक्षेपित समय अवधि भित्र भुक्तानी गर्ने रणनिती लिइएको छ।

    Most Recent

    Oct 9, 2026
    Electricity Supply in Kathmandu Valley May Be Affected on October 10–11

    Share Gyan

    Electricity Supply in Kathmandu Valley May Be Affected on October 10–11
    Oct 9, 2026
    National Cooperative Bank Raises Concerns Over Cooperative Act Amendments, Calls for Stronger Risk Management

    Share Gyan

    National Cooperative Bank Raises Concerns Over Cooperative Act Amendments, Calls for Stronger Risk Management
    Oct 9, 2026
    Floods and Landslides Disrupt Major Highways; Two Road Sections Completely Closed

    Share Gyan

    Floods and Landslides Disrupt Major Highways; Two Road Sections Completely Closed
    Oct 9, 2026
    Government Orders Strict Action Against Black Marketing and Overcharging Ahead of Dashain

    Share Gyan

    Government Orders Strict Action Against Black Marketing and Overcharging Ahead of Dashain
    Oct 9, 2026
    Government Recommends Three Ordinances, Orders Action Against 1,167 Employees for Rule Violations

    Share Gyan

    Government Recommends Three Ordinances, Orders Action Against 1,167 Employees for Rule Violations
    Oct 9, 2026
    NEA Announces Additional 0.50% Reward for Online Electricity Bill Payments

    Share Gyan

    NEA Announces Additional 0.50% Reward for Online Electricity Bill Payments